तोहुराको ह्याट्रिक प्रेरणामा बंगलादेश फाइनलमा

काठमाडौं । तोहुरा खातुनको ह्याट्रिकप्रेरित बंगलादेश भूटानमाथि रबाफिलो जित निकाल्दै आईतवार साफ महिला च्याम्पियनसिपमा लगातार दोस्रोपल्ट फाइनलमा पुगेको छ । सातौं संस्करणको पहिलो सेमिफाइनलमा साबिक विजेता बंगलादेशले भूटानमाथि ७–१ को रबाफिला जित निकाल्यो ।
बंगलादेशको जितमा तोहुराले ह्याट्रिक पूरा गर्दा कप्तान सविना खातुनले दुई तथा रितु पोर्ना चम्का र मसुरा पर्भिनले गोल गरिन् । बंगलादेश तेस्रोपल्ट साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । गत संस्करण पनि नेपालमै सम्पन्न साफमा बंगलादेश फाइनलमा पुग्दै उपाधि पनि जित्न सफल भएको थियो । यसपल्ट पनि बंगलादेशले आफ्नो दाबेदारी प्रश्तुत गरेको छ । बंगलादेशले सन् २०१६ मा पहिलोपल्ट उपाधि भिडन्त गरेको थियो ।
अब बंगलादेशले उपाधि भिडन्तका लागि आजै हुने दोस्रो सेमिफाइनल (भारत र नेपालबीच) को विजेतासँग खेल्नेछ । गत संस्करण बंगलादेशले नेपाललाई नै पहिलोपल्ट हराउँदै उपाधि जितेको थियो । यसपल्ट पनि बंगलादेश उपाधि जित्ने लक्ष्य राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा बंगलादेशले ५–१ गोलअन्तरको अग्रता लिएको थियो । बंगलादेशले दोस्रो हाफमा पनि दुई गोल थप्दै फराकिलो जित निकालेको हो । भूटानका लागि एक मात्र गोल देकी लाजोमले गरिन् । त्यसअघि खेलको सातौं मिनेटमै बंगलादेशले रितुको गोलमा अग्रता लियो ।
फरवार्ड तोहुराको पासमा रितुले बक्स नजिकैबाट गरेको लेफ्ट फुटेड प्रहार गोलमा परिणत भयो । पाँच मिनेटपछि बंगलादेशले दोस्रो गोल ग¥यो । डिफेन्डर सेउलीको पास सदुपयोग गर्दै तोहुराले गोल गरेकी हुन् । भुटानले पनि २४ औं मिनेटमा पहिलो गोल गर्ने अवसर खेर फाल्यो । देकी याङ्दोनको थ्रु बललाई फरवार्ड डेमा नामगेल गोल गर्न चुकिन् । उनको प्रहार बंगलादेशकी गोलकिपर रूपना चक्माका लागि चुनौती बनेन । एक मिनेटपछि नै काउन्टर आक्रमणमा कप्तान सविनाको प्रहार दोस्रो बारमा ठोक्किँदा बंगलादेश अग्रता बढाउन असफल भयो ।
एक मिनेट नबित्दै सबिनाले नै बंगलादेशको अग्रतालाई बढाइन् । राइट साइडबाट मोनिका चक्माले प्रदान गरेको क्रस सदुपयोग गर्दै उनले वान टचमा गोल गरिन् । ३५ औं मिनेट तोहुराले भुटानकी डिफेन्डर सुकमाया घलेलाई छक्याउँदै व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको दुई मिनेटपछि नै सबिनाले व्यक्तिगत दोस्रो गोल गरिन् । यससँगै बंगलादेशले ५–० को अग्रता लियो । सबिनाले वान भर्सेस वानमा भूटानी गोलकिपर संगीता मोङ्गेरलाई बिट गर्दै गोल गरिन् । ४१औं मिनेटमा देकीले भुटानका लागि एक गोल फर्काइन् । जारी साफमा उनको यो आठौं गोल हो ।
यससँगै उनी सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिन् । नेपालकी रेखा पौडेलले उनलाई पछ्याइरहेकी छन् । रेखाको नाममा सात गोल छ । दोस्रो हाफमा पनि बंगलादेश गोल थप्दा भूटानले गोल फर्काउन सकेन । तोहुराले ५८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । सबिनाको पास सदुपयोग गर्दै उनले बललाई पोस्टको दिशा दिएकी हुन् । मसुराले ७२ औं मिनेटमा गोल गर्दै बंगलादेशलाई ७–१ को सानदार जित दिलाइन् । सन्जिदा अख्तरको कर्नर बललाई उनले हेडरमार्पmत जाली चुमाएकी हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE