बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिवन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरु)

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । तिहार शुरु भएसँगै बजारमा रौनक बेग्लैछ । फूलहरुको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार शुरु भएसँगै बजारमा फूलहरु बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरु बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरुमा सयपत्री र मखमली फूल मात्रै छैनन् ।

प्लाष्टिकका फूलहरुले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरु विक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिवन्ध लगाएका छन् । तर प्लाष्टिकका फूलहरु उपत्यकाका विभिन्न पसलहरुमा देख्न सकिन्छ । जो बेच्नका लागि राखिएको छ ।

किसानहरु फूल विक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरुको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरु छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरु ल्याएर बेच्ने गरेका छन् । रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरु छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ । काठमाडौं उपत्यकामा व्यवसायीहरुले यसरी प्लाष्टिकका फूल र मालाहरु बेचिरहेका सम्बन्धी केही तस्बिरहरु न्युज एजेन्सी नेपाललका फोटा पत्रकारले कैद गरेका छन् । हेरौँ केही तस्बिरहरुः

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x