बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

असामाजिक र अराजक क्रियाकलापहरु फस्टाउन दिँदैनौँः प्रधानमन्त्री ओली

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताएका छन् । मङ्गलवार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताएका हुन् ।

उनले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोसिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । उनले संविधान र कानुन विपरित असामाजिक र अराजनीतिक क्रियाकलापहरु गर्ने प्रयास भइरहेको बताए । उनले यस्ता क्रियाकलापहरुलाई मौलाउन नदिने स्पष्ट पारे । उनले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको बताए । उनले सो कानून संसदको आगामी अधिवेशनमा अगाडी बढाइने बताए ।

उनले भने – ‘यतिबेला अनेक प्रकारका शक्तिहरु, नेपाली मनलाई विभाजित गर्न खोज्नेहरु, भुमी त विभाजित गर्न सक्दैनन् । त्यो भन्दा अगाडी नेपाली मनलाई विभिन्न नाममा नेपाली मनहरुलाई विभाजित गर्ने । साम्प्रदायिक विद्वेष अथवा अरु प्रकारका क्रियाकलापहरु अराजकता, संविधान विपरितका क्रियाकलापहरु र कानून विपरितका क्रियाकलापहरु, असामाजिक क्रियाकलापहरु, अराजकता मच्चाउने खालका क्रियाकलाप र प्रयासहरु भइरहेका छन् । म प्रधानमन्त्रीको हिसाबले भन्न चाहन्छु, ति कुराहरुलाई हामीले कुनै पनि हालतमा यस्ता असामाजिक क्रियाकलापहरुलाई मौलाउन, फस्टाउन पनि दिँदैनौँ । सफलताको त कुरै छोडिदिउँ त्यस्ता कुराहरु नेपालमा सफल हुन दिइने छैन । यस्ता कुराहरु प्रति तपाईंहरु सजग हुनुहुन्छ भन्ने मलाई लागेको छ । तपाईहरुको संगठन सजग छ भन्ने मलाई लागेको छ । हामी कानूनी क्षेत्रमा, कानूनमा के–के सुधार गर्नुपर्छ र कसरी सुविधा दिनुपर्छ भन्ने कुरामा अझ दत्तचित्त भएर लागेका छौँ । आगामी संसदको अधिवेशनबाट हामी यि कुराहरु अगाडी बढाउँछौ । कानूनी व्यवस्था पनि अझ बढाउँदै लगिनेछ । उल्लेख्य सुधार गरिनेछ । ३० वर्षे सेवा अवधि हटाइने छ त्यस कानूनबाट । लगायतका अरु कुराहरु पनि हुनेछन् ।’

उनले नयाँ कानूनमार्फत सशस्त्र प्रहरी बल नेपालको ३० वर्षे सेवा अवधि हटाइने पनि बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x