संखुवासभामा टिपर दुर्घटना हुँदा दुई भारतीय मजदुरको मृत्यु

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनाका दुई जना भारतीय मजदुरको मृत्यु भएको छ ।
मकालु–५ फ्याक्सिन्दा दोभानमा एचपी ११–४९३३ नम्बरको टिपर बुधबार बेलुका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा अरुण तेस्रो परियोजनामा कार्यरत टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्रप्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको उनले बताए ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । उनीहरू पनि भारतीय नागरिक नै हुन् । उनीहरू खाँदबारीस्थित जिल्ला अस्पतालमा उपचाररत छन् । रासस
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE