बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपाले भोली पोखरामा विशाल प्रदर्शन गर्ने

  • 6
  •  
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार पोखरामा विशाल प्रदर्शन गर्ने भएको छ । सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा कार्तिक २ गते पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको तेश्रो पटक म्याद थप गर्ने दिन मंगलबार रास्वपाले पोखरामा प्रदर्शउन गर्न लागेको हो ।

लामिछानेलाई म्याद थपका निम्ति कास्की जिल्ला अदालतमा पेस गर्ने प्रहरीको तयारीकाबीच पार्टीका नेताहरू पोखरा जाने क्रम सुरु भएको छ । पार्टी उपसभापतिसमेत रहेका आन्दोलन परिचालन उपसमितका संयोजक डीपी अर्यालले पार्टी सभाखपति लामिछानेको रिहाइको लागि आफूहरुले प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् ।

लामिछानेका निम्ति थपिएको म्याद कात्तिक १४ गते नै सकिएको छ । तर, कात्तिक १५ देखि तिहार बिदाका कारण अदालत नखुलेकाले प्रहरीले उनलाई मंगलबार पुनः म्याद थपका निम्ति अदालतमा पेस गर्दै छ । रास्वपाले भने म्याद थपका लागि लैजाने दिन पोखराकेन्द्रित आन्दोलन चर्काउने तयारी गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x