शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

लेबनानमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु, ३२ घाइते

  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौं । लेबनानको विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा २५ जनाको मृत्यु हुनुका साथै अन्य ३२ जना घाइते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले जनाएको छ ।

इजरायली सेनाले बेका क्षेत्रको ऐतिहासिक शहर बालबेकको बिरूद्ध हवाई कारबाही जारी राख्यो । यसैबीच हिजबुल्लाहले इजरायलको ८१० औं हर्मोन ब्रिगेडको मुख्यालय माले गोलानी ब्यारेकमा रकेटको ब्यारेजले आक्रमण गरेको र रकेटले धेरै इजरायली शहरहरूमा इजरायली सेनालाई पनि प्रहार गरेको बताए ।

लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ८, २०२३ मा इजरायल–हिजबुल्लाह द्वन्द्व शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३ पुगेको छ । जबकि घाइतेहरूको संख्या १३ हजार ५५३ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x