बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्थानीय तह उपनिर्वाचनमा केन्द्रित हुन नेता/कार्यकर्तालाई एमालेको निर्देशन

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) ले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन पार्टीका नेता/कार्यकर्तालाई निर्देशन दिएको छ । शनिवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले ४४ वटा स्थानीय तहको रिक्त पदमा हुने उपनिर्वाचनमा केन्द्रित हुन सिंगो पार्टी पंक्तिलाई केन्द्रित हुन आह्वान गरेको हो ।

बैठकले प्रदेश कमिटीले सिफारिस गरी पठाएका उम्मेदवारको नाम अनुमोदन पनि गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले सो उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजयी गराउनका लागि सम्पूर्ण सामथ्र्यका साथ परिचालन हुन सिंगो पार्टी पंक्तिलाई आह्वान गरिएको पनि बताए ।

उपमहासचिव ज्ञवालीले भने,‘दोस्रो यो बैठकले आगामी मंसिर १६ गते हुने ४४ वटा स्थानीय तहको उपनिर्वाचनको सन्दर्भमा नेकपा (एमाले)को तर्फबाट सिफारिस भई आएका, निर्णय भई आएका प्रदेश कमिटीले निर्णय गरेर पठाएका उम्मेदवारहरुको नाम अनुमोदन गर्ने काम गरेको छ । र संगो पार्टी पंक्तिलाई त्यो निर्वाचनमा नेकपा एमालेको विजयीका निम्ति सम्पूर्ण सामथ्र्यका साथ परिचालित हुन आह्वान पनि गरेको छ । तेस्रो यो बैठकले कोशी प्रदेशका आन्तरिक मामिलामन्त्री लिलावल्लभ अधिकारीजीको विषयमा जुन गम्भिर प्रश्न उठेको छ । त्यो प्रश्नको कानून निरुपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उहाँलाई पार्टीका सबै जिम्मेवारीहरु र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने जुन निर्णय गरेको छ । त्यो निर्णयलाई अनुमोदन गर्दै उहाँलाई सबै खालको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ । र, उहाँको बारेमा लागेका सबै आरोपहरुको वस्तुनिष्ट, तथ्यपरक र गम्भिर छानविन राज्यका सम्बन्धित निकायहरुले गरुन् । र त्यो छानविनमा पार्टीको तर्फबाट पूर्णरुपमा सहयोग हुने विश्वास समेत पार्टीले व्यक्त गरेको छ । चौथो हामीले यही मंसिर ७ गते काठमाडौं जिल्ला कमिटी, ललितपुर जिल्ला कमिटी र भक्तपुर जिल्ला कमिटीले काठमाडौंमा आयोजना गर्ने जागरण सभालाई सफल पार्न पार्टीका सबै जनवर्गीय संगठनहरु, सम्पर्क कमिटी, सम्पर्क मञ्चहरु र अरु पेशागत संगठनहरु सबैलाई त्यसमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेका छौं ।’

बैठकले कोशी प्रदेशमा आन्तरिक मामिलामन्त्री लिलवल्लभ अधिकारीलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई पनि अनुमोदन गरेको छ । एमाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको राष्ट्रिय हितमा अधिकतम रुपमा उपयोग हुने विश्वास समेत व्यक्त गरेको उपमहासचिव ज्ञवालीले बताए ।

उनले भने,‘यो बैठकमा हामीले पछिल्लो राजनीतिक घटनाक्रमहरुको समिक्षा गरेका छौं । अमेरिकामा भर्खरै सम्पन्न भएको राष्ट्रपति निर्वाचन, केही समय अघि मात्रै रुसको कजानमा भएको ब्रिक्स समिट, अहिले अन्तराष्ट्रिय परिस्थितिमा आईरहेका केही नयाँ घटनाक्रमहरु, त्यसले हाम्रो देशको राष्ट्रिय हितमा पार्ने अनुकुलताहरु र चुनौतिहरु लगायतका विषयहरुमा पनि हामीले समिक्षा गर्‍यौं । र सरकारले यो बदलिँदो विश्व राजनीतिको बहाबलाई ध्यानमा राख्दै राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं । त्यसैको शिलशिलामा सम्माननीय प्रधानमन्त्रीज्युको यही डिसेम्बरको पहिलो हप्ता हुने चीनको भ्रमणको बारेमा पनि केही छलफल गर्‍यौं । र त्यो भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरित गर्नका निम्ति सरकारलाई सफलता प्राप्त होस् भन्ने पनि हामीले शुभेच्छा व्यक्त गरेका छौं। ’

प्रधानमन्त्री ओलीले यही डिसेम्बर पहिलो साता चीन भ्रमण गर्दै छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x