बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारहरुको नामावली प्रकाशन हुँदै

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । मंसिर १६ गतेका लागि निर्धारण गरिएको स्थानीय निकायको उपनिर्वाचनका लागि दर्ता गराएका उम्मेदवारहरुको नामावली आज प्रकाशन गरिने भएको छ । मंसिर २ गते मनोनयन दर्ता गराएको उम्मेदवारहरु उपर मंसिर ३ गते उजुरी लिने, त्यसपछि मनोनयनपत्र र उजुरीको जाँचबुझ एवं निर्णय गर्ने कार्यक्रम रहेकोमा आज उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन् भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । अनि यही दिन दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

यसपछि मंसिर १६ बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । यस उपनिर्वाचनले जिल्ला समन्वय समितिका प्रमुख २ जना, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ जना निर्वाचित गर्नेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x