ककनी–२ को अध्यक्षमा माओवादीका घिमिरे विजयी

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिका–२ को अध्यक्षमा माओवादी केन्द्रका कृष्ण घिमिरे विजयी भएका छन् । नेपाली कांग्रेसका सूर्य तामाङलाई पराजित गर्दै यहाँ माओवादी केन्द्रका घिमिरे विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।
घिमिरेले १ हजार ८५ मत पाउँदा तामाङले ५८७ मत ल्याएका छन् । एमालेका यमबहादुर लामा तेस्रो भएका छन् । उनले ३४१ मत ल्याएका छन् । यहाँ रास्वपाका मंगल सिद्धि तामाङले ८३ मत मात्रै प्राप्त गरेका छन् ।
०७९ सालमा भएको स्थानीय तहको चुनावमा ककनी–२ मा कांग्रेसका तिलकबहादुर लामाले ८ सय ८८ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला माओवादी केन्द्रका घिमिरेले ७३४ मत पाएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE