रवि लामिछानेलाई अर्को बयानका लागि चितवन लगियो

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो । चितवन उनको निर्वाचन क्षेत्र पनि हो । उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।
यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ । आजै बिहान चितवन पठाइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE