बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

उद्योगहरुलाई एक पटक आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्छः अध्यक्ष अग्रवाल

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले उद्योगहरुलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा दिनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले उद्योगहरुको ब्ल्याक लिस्टिङ बढिरहेको उल्लेख गर्दै एक पटक सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने बताए । उनले युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा रहेको उल्लेख गरे ।

उनले मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र रहेको बताए । उनले सूचना प्रविधिको क्षेत्रमा युवाहरुले राम्रो काम गरिरहेको बताए । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा लगानी प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।

उनले भने, ‘अहिलेको अवस्थामा जुन हिसावले उद्योगहरु समस्यामा परेको छ । ब्ल्याक लिस्टिङ बढिरहेको छ । यो एकचोटी क्रस द बोर्ड सबैलाई आफ्नो ऋण पुनःतालिकीकरण गर्न पाउने सुविधा नेपाल राष्ट्र बैंकले दिनुपर्ने हुन्छ । युवा पलायन आजको दिनमा ठूलो समस्याको रुपमा छ । मौसमअनुकुलताका कारण नेपालका लागि सूचना प्रविधि क्षेत्र प्रचुर सम्भावना भएको महत्वपूर्ण क्षेत्र हो । सूचना प्रविधिको क्षेत्रमा हाम्रा युवाहरुले राम्रो काम गरिरहेका छन् । युवाहरुको पलायन रोक्न पनि सूचना प्रविधि क्षेत्रमा प्रवद्र्धन गर्न अति आवश्यक छ ।’

अध्यक्ष अग्रवालले उच्च पहाडी तथा हिमाली क्षेत्रमा डेटा सेन्टर स्थापना गर्न आवश्यक रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x