बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

परराष्ट्रमन्त्री राणा भन्छिन्, बिआरआई परियोजनाअन्तर्गत आउने सबै परियोजनाहरु ‘एड फाइनान्सिङ’मै आउँछन्

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको स्पष्ट पारेकी छिन् ।सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै उनले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिने क्रममा चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनैपनि समझदारी पत्रमा हस्ताक्षर नभएको बताइन् ।

उनले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रिय जस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिनको लागि तयार भएको बताइन् । उनले चीन सरकारबाट बिआरआई परियोजना अन्तर्गत आउने सबै परियोजनाहरु एड फाइनान्सिङमै आउने बताइन् ।

उनले भनिन्, ‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेको छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) डेथ सर्विसिङमा छ । हामी कुनैपनि प्रकारको ऋण दिने अवस्थामा छैनौं । त्यसकारण हामीले तपाईसँग एड र ग्रान्ट मात्र अपेक्षा गरेका छौं भनेर निर्लज्जका साथ प्रश्तुती गरेकी छु । जे हो त्यो त भन्ने पर्यो नि । अहिले हामीले जतिपरि परियोजना यसमा हालेका छौं त्यो सबै एड फाइनान्सिङमै आउँछ । चीन सरकारले पनि के भन्नभुभएको छ भने जतिपनि परियोजना हामीले दिने भनेका छौं त्यही अन्तर्गत आउँछ ।’

बैठकमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायत विषयमा छलफल भएको हो । बैठकमा चीन भ्रमणका उपलब्धीहरु सार्वजनिक गर्दै मन्त्री राणाले छलफल विभिन्न महत्वपूर्ण सम्झौता भएको उल्लेख गरिन् । उनकाअनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क, टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदान–प्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी पत्र आदान–प्रदान लगायतका विषयमा सम्झौता भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x