शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ विनिमयदर

  • 41
  •  
  •  
  •  
  •  
  •  
  •  
    41
    Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ ।

युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा वृद्धि भएको छ । यस्तै, क्यानेडियन डलरको मूल्य भने ओरालो लाग्दा अन्य केही विदेशी मुद्राको भाउ भने स्थिर छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ७९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ १३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ८७ पैसा र बिक्रीदर आठ रुपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्री दर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५१ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x