बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

मधेसका शहीदका सपना अझै पूरा भएनन्ः लोसपा उपाध्यक्ष गुप्ता

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले १८ औं बलिदानी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाएको छ । शनिवार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले शहीदहरुको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर बलिदानी दिवस मनाएको हो ।

सो अवसरमा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका उपाध्यक्ष श्याम गुप्ताले महिला, मधेसी, जनजाति दलिहरुका मुद्दा अझै पूर्ण रुपमा सम्बोधन हुन नसकेको बताए । उनले मधेसका शहीदका सपना सरकारले अझै पूरा गर्न नसकेको बताए । वर्तमान सरकार र सिंगो देशले संविधान संशोधन गर्ने कुरा उल्लेख गरिसकेको भन्दै नेपाली जनताको मागअनुसार संविधान संशोधन हुनुपर्ने माग गरे ।

मधेस केन्द्रित दलहरुले आज प्रथम मधेस आन्दोलनको १८ वर्ष पूरा भएको अवसरमा बलिदानी शहीद दिवस मनाइरहेका छन् । शहीद रमेश महतोको सहादत तथा आन्दोलनको सुरुवात भएको सम्झनामा माघ ५ गतेलाई मधेस प्रदेश सरकार र मधेस केन्द्रित दलहरु बलिदानी दिवसको रुपमा मनाउने गर्दछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x