बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

इजिप्ट र रुसी राष्ट्रपतिबीच क्षेत्रीय विकासबारे छलफल

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले क्षेत्रीय विकास, विशेष गरी गाजा पट्टीको अवस्थाबारे छलफल गरेका छन् । इजिप्टको राष्ट्रपति कार्यालयले सिसिले टेलिफोन वार्ताका क्रममा अक्टोबर २०२३ देखि गाजामा युद्धविराम सम्झौतामा पुग्न कतार र संयुक्त राज्य अमेरिकासँगको साझेदारीमा इजिप्टले गरेका प्रयासहरूको समीक्षा गरे ।

सिसिले हालै सम्पन्न गाजा युद्धविराम–बन्धक रिहाइ सम्झौता क्षेत्रमा शान्ति पुनस्र्थापनाको लागि मुख्य स्तम्भ भएकोमा जोड दिए । यसको कार्यान्वयन सुनिश्चित गर्न र गाजामा पर्याप्त मात्रामा मानवीय सहायताको निर्वाध प्रवाहलाई सहज बनाउन इजिप्टका निरन्तर प्रयास जारी राखेको बताए । उनले सम्झौताको कार्यान्वयन सुनिश्चित गर्न संयुक्त अन्तर्राष्ट्रिय प्रयासहरूको महत्वमा जोड दिए ।

दुई नेताहरूले सिरियाको अवस्थाको बारेमा पनि छलफल गरे । जहाँ सिसीले सिरियाको एकता, यसको क्षेत्रहरूको अखण्डता र यसको जनताको सुरक्षा जोगाउन इजिप्टको उत्सुकता, साथै सिरियामा स्थिरता पुनस्र्थापित गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रयासहरूको आवश्यकतालाई जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x