कोसी र मधेसको पूर्वी क्षेत्रमा शीतलहर, पूरै तराईमा हुस्सु र कुहिरो

काठमाडौं। देशभर पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आज मधेस प्रदेशको पूर्वी भूभाग तथा कोसी प्रदेशको तराई भूभागमा मन्द शीतलहर चलिरहेको छ । बाँकी तराईका धेरै स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ ।
देशका पहाडी र हिमाली भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले २ दिनदेखि देशका तराई क्षेत्रमा दिनभर नै हुस्सु र कुहिरो लागिरहेको र यो क्रम माघ १३ गते (आइतबार) सम्म जारी रहने सम्भावना देखिएको जनाएको छ।
घाम नलागेर दिनभरिनै शीतलहर र हुस्सु÷कुहिरोको कारण चिसो बढ्दा तराई मधेसको जनजीवन कष्टकर बनेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE