बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अछाममा दुई किशोरीको हत्या आशङ्कामा दुईजना पक्राउ

काठमाडौं ।अछाममा दुई जना किशोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान शुरू गरेको छ । घटनामा संलग्न रहेको आशङ्कामा दुई जना किशोरलाई पक्राउ गरेर अनुसन्धान शुरू गरिएको अछाम प्रहरीले जनाएको छ ।

ढकारी गाउँपालिका ८ घोडासैनकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्का अस्ति शनिवार बेलुकी ढकारी गाउँपालिका १ को जङ्गलमा मृत फेला परेका थिए ।

बाख्रा चराउन गएका उनीहरूको ओढारमा शव भेटिएको थियो । प्रहरीले शव पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगञ्ज पठाएको छ । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले गएराति ढकारीकै दुई जना किशोरलाई पक्राउ गरेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x