कानून व्यवसायी परिषद्को प्रदेश पार्षद् उम्मेदवार कोइरालाको घोषणापत्रमा के छ ?

काठमाडौं । नेपाल कानून व्यवसायी परिषद्को माघ २६ गते हुने सातै प्रदेशका पार्षद्हरुको निर्वाचनमा बागमती प्रदेशको पार्षद पदमा उम्मेदवारी घोषणा गरेर प्रचार प्रसारलाई तीब्रता दिइरहेका वरिष्ठ अधिवक्ता पर्शुराम कोइरालाको तर्फबाट घोषणापत्र सार्वजनिक भएको छ । नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, नेपालले सार्वजनिक गरेको घोषणापत्रमा उक्त एशोसिएशनका उम्मेदवारहरु निर्वाचित भएमा परिषद्लाई अझ बढी सशक्त र गतिशिल बनाउँने प्रतिवद्धतासहितका बुँदाहरु अघि सारिएको छ ।
उक्त घोषणापत्रमा कानून व्यवसायको उत्तरोत्तर प्रगति र पेशाको विकासका निमित्त गरिने कार्य, कानूनी शिक्षाको परिमार्जनका निमित्त गरिने कार्य, नव प्रवेशी कानून व्यवसायीको निमित्त गरिने कार्य, महिला कानून व्यवसायीहरुलाई कानून व्यवसाय गर्न सक्ने वातावरणको लागि गनिे कार्यहरुको स्पष्ट प्रतिवद्धता जनाइएको छ ।
त्यसैगरी, लामो समयदेखि कानून व्यवसाय गरी आउनु भएका अनुभवी कानून व्यवसायीको निमित्त गरिने कार्य, व्यवसायिक आचरण मर्यादाको परिपालनका निमित्त गरिने कार्य तथा कानून व्यवसायीका चौतर्फी विकासका निमित्त गरिने कार्यहरुको प्रतिवद्धता घोषणापत्रमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् घोषणापत्र यस्तो छ :
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE