शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

सरकारले विधेयक अधिवेशनलाई अध्यादेशको अधिवेशन बनाउन खोज्योः नारायणकाजी श्रेष्ठ

  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अधिवेशनलाई अध्यादेश अधिवेशन बनाएको आरोप लगाएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले हिउँदे अधिवेशनअघि सरकारले अध्यादेश ल्याएर अध्यादेश अधिवेशन बनाउनु दुःखद् भएको बताए । उनले नियमित अधिवेशन समयमा नबोलाउने र अध्यादेश धमाधम ल्याउनु दुःखद् भएको बताए । उनले सरकारले अध्यादेशबाट शासन गर्ने प्रवृत्ति लिएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो । हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेशहरु धमाधम जारी गरेर ६ वटा अध्यादेश यो अधिवेशन बोलाउनु अगाडि जारी गरियो । र अहिले त्यो अध्यादेश प्रश्तुत हुँदैछ । विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो सरकारले । त्यसप्रति म दुःख प्रकट गर्दछु । सरकारको अध्यादेशबाट शासन गर्ने यो प्रवृत्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु ।’

सांसद श्रेष्ठले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनि काम गर्नुपर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x