बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

  • 53
  •  
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन् । शनिवार काठमाडौंमा नेपाल पुलिस क्लव द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका हुन् ।

उनले ६ वटा अध्यादेशबाट २९ वटा कानून संशोधन गर्ने बताए । उनले कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे । उनले कानून कार्यान्वयनको उल्झनका कारण नागरिकमा वितृष्णा पैदा हुने गरेको बताए ।

उनले कानूनका जटिलता र कानून कार्यान्वयका ढिलासुस्तीलाई उल्झनलाई हटाउन अध्यादेश ल्याइएको बताए । देशको हित, विकास, शान्ति सुरक्षा, अमन चयनका लागि अध्यादेश ल्याइएको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘अहिले सामाजिक सञ्जालबाट हुने अपराध, साइबर क्राइम जस्तो अपराध, अरु विभिन्न प्रकारका ट्राफिकिङका अपराध, ड्रग्स बहुत भयावह ढंगले बढेको छ । कानूनका कमी, कानून कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनतालाई जुन दुःख पाइरहेका छन्, यसले पनि मान्छेप्रति वितृष्णा, घृणा फैलिने काम हुन्छ र यि कुराहरुलाई हटाउनु पर्छ । कानूनका जटिलतालाई पनि हटाउनु पर्छ, तोड्नपर्छ । कानून कार्यान्वयनका ढिलासुस्ती लगायतका अनेक उल्झनहरुलाई पनि हामीले हटाउनु पर्छ । त्यसै कारण २९ वटा कानून संशोधन गर्ने ६ वटा अध्यादेश हामीले ल्याएका छौँ । ति अध्यादेशहरु पारित गरेर हामी अगाडि बढ्नेछौँ । यो सरकारले आफ्नो हितका लागि होइन, देशको हित, विकासका लागि, देशको शान्ति सुरक्षा, अमन चयनका लागि ल्याएको हो । कानून जनताका लागि, समाज, विकास, शान्ति सुव्यवस्थाका लागि ल्याएका हौँ । हामी कानून बनाउँछौँ र कार्यान्वयन गर्दछौँ ।’

प्रधानमन्त्री ओलीले नेपाल प्रहरी आफन्तहरुको संस्था नभइ सबै प्रहरीको घर भएकाले कार्य सम्पादनका आधारमा बढुवा हुनुपर्ने बताए । प्रहरी संगठन देशका लागि हो भन्नेकुरामनन गर्नुपर्ने बताए । नेपाल प्रहरी स्वाभिमानी संस्था भएकाले देशको आवश्यकता विपरितका कामहरु प्रहरीबाट हुनु नहुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x