बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आहा रारा गोल्डकपमा आज थन्डरबोल्ट र ब्ल्याक बुल्सबीच भिडन्त

काठमाडौं । २४औँ संस्करणको आहा १ रारा पोखरा गोल्डकप फुटबलमा आज चौथो तथा अन्तिम क्वार्टरफाइनलको खेल हुनेभएको छ । कास्कीको पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे सुरु हुने अन्तिम क्वार्टरफाइनल खेलमा आज थन्डरबोल्ट नर्थ युनाइटेड सिक्किम र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

थन्डरबोल्ट सङ्कटालाई हराएर तथा ब्ल्याक बुल्स एफसी बाई पाएर सिधै खेल्न सेमिफाइनल खेल्न लागेका हुन् । यसअघि त्रिभुवन आर्मीलाई हराउँदै चर्च ब्वाइज युनाइटेड, मछिन्द्रलाई हराउँदै थ्रीस्टार तथा ब्रिगेड ब्वाइज क्लब युकेलाई पराजित गदै नेपाल पुलिसले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

३ विदेशी तथा ९ स्वदेशी गरी १२ टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फाइनल खेल फागुन ३ गते हुने बताइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x