मधेसमा आतंक मचाईरहेको घोडगदहा नियन्त्र गर, हैनभने नियन्त्रण गर्ने अधिकार नागरिकलाई देउः प्रभु साह

रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले तराईमधेसमा आतंक मचाईरहेको घोडगदहा नियन्त्रण गर्नमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भईसकेको टिप्पणी गरेका छन् ।
रौतहटको राजपुर नगरपालिकामा आजपाद्धारा आज (शनिबार) आयोजित नगर भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले घोडगदहा नियन्त्रण गर्न असफल भएको सरकारले विकास के गर्छ भन्ने प्रश्न समेत गरे ।
‘जंगलका घोडगदहाले कृषकको बालीनाली नष्ट गरेको छ, दुख दिईरहेको छ । तर सरकार घोडगदहा नियन्त्रण गर्न असफल भईसकेको छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकारले घोडगदहा नियन्त्रण गरेर जंगलमै राखोस् । हैनभने त्यसलाई नियन्त्रण गर्ने अधिकार जनतालाई देओस् । कृषकको बालीनाली नष्ट गरिरहेकोछ, सरकारले ति कृषकलाई क्षतिपुर्ति दिनुपर्छ हैन् भने घोडगदहा नियन्त्रण गर्ने अधिकार दिनुपर्छ ।’
घोडगदहाले कृषकको बाली खाईदिने, नष्ट गरिदिएपछि रौतहट, बारा, सर्लाही सहित मधेसका कृषकहरु पीडित भएका छन् । सरकारलाई नियन्त्रणका लागि आग्रह गर्दा समेत कुनै सुनुवाई नहुनुले कृषक झनझन दुखित बनेपछि साहले घोडगदहा नियन्त्रण गर्न आग्रह गरेका छन् ।
‘प्रधानमन्त्रीजीले समृद्ध नेपाल बनाउछौं, नागरिक, कृषक, श्रमजीवीको माग पुरा गर्छौ भन्ने गफ मात्रै दिएर हुदैन् । घोड़गदहा नियन्त्रण गर्न नसकने सरकारले देशलाई समृद्ध कसरी बनाउछ ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे ।
यस्तै उनले अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीको सत्ताले धर्ममाथि टक्कर दिन खोजेको आरोप लगाउदै अब ओली सरकार ठक्कर खाने उदघोष समेत उनले गरे । देवताको भूमि रहेको मौलापुरको मधानी महोत्सव रोक्न खोजे जनस्तरबाटै विद्रोह हुने चेतावनी समेत उनले दिए ।
‘मधानी महोत्सव रोक्न खोज्नेहरु खरानी हुनेछन, यो देवताको भूमि हो । अन्तर्राष्ट्रिय महत्व बोकेको मधानी महोत्सव, अनि नेपाल र भारतका लाखौं भक्तजनको आस्था जोडिएको यो महोत्सव रोकिए जनस्तरबाटै विद्रोह हुन्छ’, आजपा अध्यक्ष साहले भने, ‘प्रभु साह र यहाँकी मेयरले नेपाल भारत जोड्ने काम गरेको छ, केपी ओलीलाई किन डाह लागेको हो ?’
प्रधानमन्त्री ओलीबाट नेपालमा हिन्दू धर्म र आस्थामाथि एकपछि अर्को प्रहारको श्रृंखला चलेको आरोप लगाउदै उनले होलीवाईनको पाईन नदेखाउन चुनौति दिएका छन् । ‘होलीवाईनको पाईन नदेखाउन नदेखाउन म यही माटोबाट ओली एण्ड कम्पनीलाई चूनौति दिन चाहन्छु । प्रभु साहमाथिको प्रतिशोध महँगो सावित हुनेछ, किनकी म सत्य र जनताको पक्षमा छु । म इमानको राजनीति गर्नेसँग बेइमानहरुको तुलना हुँदैन्’, साहले भने ।
प्रधानमन्त्री ओली कुल्चिनमा माहिर रहेको बताउदै उनले संविधान, संसद र सडक सबैको साख स्वाहा पारेको आरोप लगाए । कांग्रेसको बुँई चढेर दुई तिहाईको दम्भ नदेखाउन बताउदै उनले सरकारले नै ल्याएको अध्यादेश पारित हुन नसकेर सरकारको औचित्य समाप्त भएको बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE