बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

धार्मिक सहिष्णुता खल्बल्याउने प्रयासविरुद्ध एकढिक्का भएर उभिन जरुरीः अध्यक्ष अन्सारी

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले असामाजिक र अराजक तत्वहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने प्रयास गरिरहेको भन्दै त्यसका विरुद्ध सबै एकढिक्का भएर उभिन जरुरी रहेको बताएका छन् । इस्लाम धर्मावलम्वीहरुले मनाउने रमजान पर्वको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अन्सारीले यस्तो बताएका हुन् ।

उनले नेपालमा बसिरहेका सबै जातजाति साझा फूलवारी भएको उल्लेख गर्दै कसैले कसैले दुष्प्रयास गर्दैमा मिलेर बसेको समुदाय नखल्बलिने समेत बताए । उनले नेपालमा रहेका सम्पूर्ण धर्मावलम्वीहरु र जातजातिहरुले मिलेर बसेको सन्देश विश्व समुदायलाई दिन जरुरी रहेको बताए ।

उनले भने, ‘सबै जातजाति बसिरहेको साझा फुलवारी देश नेपाल हो । केही व्यक्तिहरुले नेपालमा धार्मिक सहिष्णुता खल्बल्याउने काम गरेको सुनिन्छ । तर यसको विरुद्धमा नेपालको सबै समुदाय एकढिक्का छौं । कुनै तत्वले प्रयास गरेकै आधारमा मिलेर बसिरहेको समुदाय खल्बलिने छैन । विश्वभरी नै नेपालको एउटा अलग पहिचान छ । विभिन्न जातजाति बसिरहेको देश नेपाल हो । सबैले आ—आफ्नो तर्फबाट मिलेर बसेको सन्देश कायम गर्नुपर्छ ।’

स्लामले सिकाएको पाठका आधारमा सबैलाई आवश्यक सहयोग गर्न समेत उनले मुस्लिम समुदायलाई आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x