बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एसईई आजदेखि, पाँच लाखभन्दा बढी विद्याथी सहभागी हुने

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदै छ । देश भरका २ हजार ८० केन्द्रबाट परीक्षा आज बिहान ८ बजेदेखि सञ्चालन हुन लागेको हो ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष २ लाख ५७ हजार ७३० छात्रा, २ लाख ५६ हजार ३११ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ३० जनाले परीक्षा दिँदैछन् ।

पाँच लाख १४ हजार ७१ परीक्षार्थीमध्ये १६ हजार ९४७ प्राविधिकतर्फका छन् । तिनका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ८१७ जना जनशक्ति खटाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसपटकको एसईईमा सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन् । यस्तै भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x