दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी
काठमाडौं । राजाबादी आन्दोलनको नेतृत्व लिएका अभियन्ता दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । राजावादी अभियानमा संलग्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंविरुद्ध शुक्रबार उजुरी परेको हो ।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिल बाबु पन्तले उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको आरोप प्रसाईमाथि छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE