शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

पूर्वराजा शाहलाई काँग्रेस नेता सिटौलाको चुनौतीः देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिनू

  • 108
  •  
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई देशको सेवा गर्न मन भए आफ्नो सबै सम्पती जनतालाई दिन चुनौति दिएका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो चुनौति दिएका हुन् ।

व्यवस्था परिवर्तनको उक्साउनुभन्दा चुप लागेर बस्न आग्रह गर्दै त्यसमै भलाई हुने बताए । उनले देशमा पुनः शासन गर्ने मन भए दलीय राजनीतिमार्फत चुनाव लड्न आग्रह समेत गरे । नेपालमा राजतन्त्र दन्त्य कथा भइसकेको भन्दै कुरा गर्न र सुन्न मात्र रमाइलो उनको भनाइ छ । उनले आफ्नो सबै सम्पत्ति जनतालाई सुम्पिदिने आँट छ ? भन्दै प्रश्न समेत गरे ।

उनले भने, ‘आज देशभरका युवाहरुलाई साक्षि राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप्प लागेर बस । त्यसैमा तिम्रो भलाई छ, त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आउ राजनीतिमा गर्न पाउँछौं । भारतमा ब्रिटिस साम्राज्य हुँदा राजैराजाहरु थिए । ति सबै राजाहरु आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ । साच्चै जनताको सेवा गर्न मन छ भने, साच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिउन् त जनतामा । आँट छ ? हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौं । त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठुला व्यापारी पनि हुन्, उद्योगपति हुन् । आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने ? म सोध्छु उहाँलाई ।’

वर्तमान व्यवस्था सञ्चालनमा भएका गल्तिहरु सच्याउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ । उनले व्यवस्थाको चिन्ता नभई अहिलेका युवाहरुले समाज निर्माण कसरी गर्ने भन्ने चिन्ता गर्न समेत आग्रह गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x