बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नयाँ वर्षमा काठमाडौंसहित देशभर चहलपहल बढ्दो

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाडौं । नयाँ वर्षको पहिलो दिन सोमवार मुलुकको राजधानी काठमाडौं लगायत विभिन्न स्थानमा उत्सवमय वातावरण देखिएको छ । सोमवार र सार्वजनिक बिदासमेत परेकाले आज सर्वसाधारण धार्मिक तथा पर्यटकीयस्थलमा घुमफिर गर्ने, रमाइलो गर्ने, मीठामीठा परिकार खाने, इष्टमित्र भेटेर रमाइरहेका छन् ।

काठमाडौंको रानी पोखरी, रत्न पार्क लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य प्रर्यटकको चहलपहल बढेको छ । नेपाली पात्रोअनुसार हरेक वैशाख १ गते प्रारम्भ हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रूपमा लिइन्छ ।

वसन्त ऋतुको मौसम घुमफिरका लागि प्रतिकुल भएकाले आन्तरिक पर्यटनमा टेवा मिलेको छ । उता मिथिलाको प्राचीन राजधानी तथा मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाममा समेत दर्शनार्थीको भीड छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x