बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रघुजी पन्त शिक्षामन्त्री बन्दै, भोलि नै सपथ हुने

  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले)का सांसद रघुजी पन्तको भाग्य खुलेको छ । यस अघिकी मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा सांसद पन्तलाई नियुक्त गर्न लागिएको हो ।

पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका एमाले सांसद हुन् । शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो । मन्त्रीका रुपमा पन्तको सपथ भोलि नै हुने बुझिएको छ ।

माधव नेपाल प्रधानमन्त्री हुँदा पन्त उनको प्रमुख राजनीतिक सल्लाहकार रहेका थिए ।  तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद आउँदा पन्त ओलीको कटु आलोचक थिए । नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x