बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बिवाहित नेपाली महिलाहरुको ‘मिसेस नेपाल–अस्ट्रेलिया’ हुँदै

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । हिमाली कल्चर ग्रुप मेलवन अस्ट्रेलियाको आयोजना ताथ इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा बिवाहीत महिलाहरुका निम्ति ‘मिसेस नेपाल–अस्ट्रेलिया’ आयोजना हुनेभएको छ । उक्त कार्यक्रमको लागि आवेदन पनि खुल्ला भइसकेको आयोजक संस्थाले जनाएको छ । बिवाहित महिलाहरुको सहभागीतालाई ध्यानमा राखि हिमाली कल्चरग्रुप मेलवर्नले यो कार्यक्रम पहिलो पटक गर्न लागेको हो ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको लागि यस्तो कार्यक्रमको आवश्यकता महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि बढाउनका साथै नेपालको पर्यटनक्षेत्रमा सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको जनाइएको छ ।

विगत दश वर्षदेखि अस्टेलियामा रहेर नेपाल र नेपाली समाजको लागि विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको हिमाली कल्चर ग्रुपले यस वर्षदेखि निरन्तर रुपमा इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा यो प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रममा नेपालबाट अस्टेलिया आएर विभिन्न पेशा व्यवसायीको रुपमा काम गरि रहेका बिवाहित महिलाहरु सहभागी हुन पाउनेछन् । यस कार्यक्रममा ३० जना प्रतियोगी समावेश गराइने आयोजकको भनाइ छ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारारिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण, हिड्न बोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्यले प्रशिक्षण दिनेछन् । कार्यक्रमको व्यवस्थापन नेपालमा विगत १६ वर्षदेखि निरन्तरुपमा विभिन्न कार्यक्रमहरु सन्चालन तथा आयोजना गर्दै आइ रहेको सिजन मिडियाले गर्नेछ । उक्त कार्यक्रममा नेपाली कलाकार, पत्रकार, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुको सहभागी रहने छ ।

प्रतियोगिताका विजेताहरुले “मिसेस नेपाल अस्ट्रेलिया २०२५”को उपाधी सहित नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसारको लागि ब्राण्ड एम्बेसडर, नेपाल भ्रमणको गिफ्ट प्याकेज साथै अन्य २ जना विजेताहरुलाई बालि भ्रमणको लागि हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइन कोरीयन स्कीन हस्पिटल नेपालको तर्फवाट ५० हजार बराबरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य उपहारहरु पनि प्रदान गरिने छ साथै अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेतालाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x