बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत

  • 33
  •  
  •  
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले यस्तो टिप्पणी गरेका हुन् ।

उनले बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न नसकेको बताए । उनले स्थानीय मदिराको ब्राण्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटले सम्बोधन गर्न नसकेको बताए । आफू अर्थमन्त्री भएको समयमा कार्यविधि समेत अगाडि बढिसकेको भएपनि अगामी आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्राण्डिङको विषयमा मौन रहेको उनको टिप्पणी छ ।

उनले भने, ‘बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने र अनावश्यक संरचनाहरु हटाउने कुरामा बजेट मौन छ । जाँडलाई ब्राण्डिङ गर्ने कुरा मैले पनि बजेटमा बोलेको थिए । त्यो कार्यविधि अगाडि पनि बढेको थियो । यसपटकको बजेट त्यसमा पनि मौन छ । सम्रगमा विनियोजनको विधेयक प्राप्त भएपछि परिणामुखी कति छ भन्नेकुरा आउँछ । ’

उनले वितरणमुखी योजना हटाउन तीनभन्दा तलका योजनाहरु नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x