बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारले दिएका तालिमले अहिलेसम्म सार्थकता पाउन सकेनः मुख्यमन्त्री लामा

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारले विभिन्न समयमा दिइरहेको तालिमले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । काठमाडौं महानगरपालिकाद्वारा आयोजित सीप मेला २०८२ को अवलोकनका क्रममा मुख्यमन्त्री लामाले सीप सिकेकाहरुलाई प्रमाणपत्र दिने र उनीहरु कहाँ के गर्दैछन् भनेर डाटा राख्नुपर्ने बताएका हुन् ।

उनले संख्या तोकेरै तालिम दिइयो भने पनि सिष्टम नबनाइँदा तालिम प्राप्त जनशक्ति कहाँ छन् र के गरिरहेका छन् भन्ने थाहा पाउन नसकिने अवस्था रहेको स्पष्ट पारे । सीटीइभीटीको अवधारणाअनुसार तालिम लिएकाहरुलाई प्रमाणपत्र दिने, तालिम प्राप्त व्यक्तिहरु कहाँ कहाँ छन् भन्ने जानकारी राख्नका लागि डाटा राख्नुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री लामाले सिष्टम नहुँदा तालिमप्राप्त व्यक्तिका बारेमा जानकारी नभएपनि तालिम लिएकाहरु पनि उत्तरदायी बन्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘पहिला पहिला मन्त्रालय/मन्त्रालयले तालिम दिने गरेको थियो । तालिमहरु त दियो तर सिलाइ बुनाइको मात्र सुनेको थिएँ । अहिले पनि सिलाइ बुनाइको तालिम हुन्छ । तर, त्यो तालिम सरकारले धेरै देखिएको छ । सरकारले दिएको तालिमले अहिलेसम्म सार्थकता पाएको छैन । जुन अहिले सिटिइभीटीको अवधारणा प्रमाणपत्र पनि दिने, उसले तालिम दिएका मानिसहरु कहाँ कहाँ छन् भनेर डाटा राख्नुपर्‍यो । तर मैले यति जनालाई सीप तालिम दिएँ भनेर भनिएको छ तर त्यो मानिस कहाँ छन् भनेर मैले मागिरहेको छु । यसले गर्दा तालिम दिइसकेपछि तालिम प्राप्त गर्नेहरु कहाँ कहाँ छन् भनेर थाहा पाउन डाटा राख्नुप¥यो । यहाँबाट सीप सिकेको भनेर तालिम लिनेहरुपनि उत्तरदायि बन्नुपर्छ । भ्रष्टाचार भयो भनेर धेरै समाचारहरु आउँछन् तर नियन्त्रण विधि भने कसैले भन्दैन । भ्रष्टाचार नियन्त्रण गर्ने विधि भनेको पर्सनल डाटा राख्ने गर्नुपर्छ । जस्तो कि तपाईको पुलिस रिकर्ड, तपाईले गरेको व्यवसायको नाफालगायतलाई सिष्टममा डाटा राख्ने कार्य गर्नुपर्छ । राज्य र सरकारले थाहा पाउनेगरी डाटा सिष्टम बनाउने हो भने भ्रष्टाचारपनि नियन्त्रण गर्न सकिन्छ ।’

उनले राज्य र सरकारलाई जानकारी हुनेगरी व्यक्तिगत डाटा सिष्टमको विकास गर्ने हो भने भ्रष्टाचार पनि नियन्त्रण गर्न सकिने दावी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x