बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मंगलवार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x