बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अबदेखि केन्द्रिय समितिका सबै बैठकको लाइभ हुन्छः देउवा

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले आगामी दिनमा केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा नेताहरुको प्रश्नको जवाफ दिँदै पार्टी सभापति शेरबहादुर देउवाले आगामी दिनमा बस्ने केन्द्रिय समितिको बैठकको सबै प्रत्यक्ष प्रशारण हुने बताएका हुन् ।

उनले प्रत्यक्ष प्रशारण गरेको भए केन्द्रिय समितिको बैठक अझ राम्रो हुने धारणा राखे । केन्द्रिय समितिमा नेताहरुले बोलेका कुराहरु बाहिर गएर सबै सञ्चारकर्मीहरुसँग भन्ने गरेको भन्दै भित्र सञ्चारमाध्यमलाई प्रवेश गर्न दिनु र नदिनुको अर्थ नरहने बताउनु भयो । आगामी दिनमा सबै केन्द्रिय समिति बैठकको प्रत्यक्ष प्रशारण हुने घोषणा गरे ।

उनले भने, ‘यसको प्रत्यक्ष प्रशारण गर्न पाएको भए राम्रो हुने रहेछ, यहाँ भएका सबै कुराहरु बाहिर गएर नेताहरु बोलिहाल्ने रहेछन् । अबदेखि प्रत्यक्ष प्रशारणको समझदारी लागू गर्ने हो । सबै साथीहरुलाई बोल्ने इच्छा छ, राम्रो बोल्छन् सबै । सबैलाई लाइभमै बोल्ने इक्षा पनि छ ।’

सभापति देउवाले मिडियामा आफ्ना भनाइहरु लैजाने चाहना सबै नेताहरुलाई रहेकाले आगामी दिनमा प्रत्यक्ष प्रशारण हुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x