साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई

काठमााडौं । साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम खेलमा बंगलादेशले नेपाललाई फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
बंगलादेशले नेपाललाई ४–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । बंगलादेशकी खेलाडी सागोरिका एक्लैले चार गोल गरेसँगै साविक विजेता बंगलादेशले उपाधि रक्षा गरेको छ भने नेपाल फेरि उपविजेतामै सीमित भएको छ ।
पहिलो हाफमा १ गोल मात्र बेहोरेको नेपालले दोस्रो हाफमा ३ गोल बेहोरेको हो । बंगलादेशका लागि सागोरिकाले ह्याट्रिकसहित ४ गोल गरिन् ।
बंगलादेशविरुद्धको खेलमा नेपाली खेलाडीहरू निरीह देखिएका थिए । नेपाललाई सोमबारको खेल जित्नैपर्ने दबाब थियो । यसअघि बंगलादेशसँगको अघिल्लो भेटमा पनि नेपाल ३–२ ले पराजित भएको थियो ।
बंगलादेश ६ वटै खेल जितेर १८ अंक जोड्दै शीर्षस्थानमा रहेर च्याम्पियन बन्यो ।
यस्तै नेपालले ४ जित र २ हारसहित १२ अंक मात्र जोडेर दोस्रो भयो । नेपालले भुटानलाई ६–१ र ८–० तथा र श्रीलंकालाई दुवै खेलमा ७–० गोलअन्तरले हराएको थियो ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE