शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

इङ्ल्यान्ड लगातार दोस्रो पटक महिला युरो फाइनलमा

काठमाडौं । साबिक विजेता इङ्ल्यान्ड महिला युरो  २०२५ को फाइनलमा प्रवेश गरेको छ।

साबिक विजेता इङ्ल्यान्डले १–० गोलले पछि परेको अवस्थामा अतिरिक्त समयमा पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। खेलको ३३औँ मिनेटमा इटालीकी बारबरा बोनान्सियाले गोल गरेपछि इटालीलाई सन् १९९७ पछि पहिलो पटक फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको थियो।

खेलको ८५औँ मिनेटमा अग्रता दोब्बर बनाउने मौकामा इङ्ल्यान्डकी गोलकिपर बाधक बनिन्। उनले टोलीलाई जिवित राखेकी थिइन्।

खेलको निर्धारित समय सम्म इटाली १–० ले अगाडि रहेको थियो तर, थपिएको ७ मिनेटको अन्त्यतिर इङ्ग्ल्यान्ड खेलमा फर्कियो।

उसका लागि ९६औँ मिनेटमा मिशेल अग्येमंगले आकर्षक र पावरफुल सट गोलमा परिणत भएपछि साबिक विजेता खेलमा फर्कियो। क्वाटरफाइनलमा पनि मिशेलको गोलले स्वीडेनविरुद्ध जित निकालेको इग्लायन्ड भाग्यमानी सावित भयो।

खेलको ११९ औं मिनेटमा इटालीका खेलाडीले डी बक्सभित्र लडाएपछि इङ्ल्यान्डले पेनाल्टी पायो। पेनाल्टीलाई इटालीकी गोलकिपरले रोकेपछि रिबाउन्ड गोललाई क्लो केलीको अर्को सुपर सबले गोलमा परिणत भएको थियो। ​
यसँसगै इटालीलाई २–१ गोल अन्तरले पराजित गर्दै इग्लायन्ड फाइनलमा प्रवेश गरेको हो ।

इङ्लयान्डले आज राति हुने दोस्रो सेमिफाइनलको विजेता स्पेन वा जर्मनीको विजेतासँग उपाधिका लागि आइतबार खेल्नेछ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x