रसुवास्थित भोटेकोसीमा बाढी : त्रिशूलीको जलसतह पनि ह्वात्तै बढ्यो, सतर्क रहन अपिल

काठमाडौं । रसुवास्थित भोटेकोसीमा ठुलो बाढी आएको छ । तिब्बत क्षेत्रमा परेको वर्षापछि भोटेकोसीमा बाढी आएको हो ।
बाढीका कारण कारण त्रिशूलीको जलसतह ह्वात्तै बढेको छ । रसुवा र नुवाकोटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ । बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE