कोमामा रहेको सार्क फर्किनेरनफर्किने ठेगान छैन तर आवश्यक छः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन ।
उनले दक्षिण एशियामा सार्कको महत्व धेरै रहेको बताउँदै अहिले कोमामा रहेको टिप्पणी गरे । उनले अब फर्किने हो वा होइन ठेगान नभएको बताए । विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको उनको भनाई छ । आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको भन्दै आतंकवादीहरुको रुटकज पत्ता लगाएर बेलैमा समस्या समाधान गर्न जरुरी रहेको बताए ।
अध्यक्ष यादवले भने, ‘साउथ एशियामा, सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको हो । टेरेस प्रोटेक्शन फर द ट्यारिजम भनेर कुरा उठेकै कुरा हो । सार्क त अब मरिसक्यो भनि नहालाँै, तर कोमामा गइसकेको छ । फर्किने हो की होइन ठेगान छैन । लामो समयदेखि । तर यसको आवश्यकता छ ।
यो रिजनल कोअप्रेसन एण्ड कोर्डिनेसन हो । टेरेरिस्ट एक्टिभिटिजहरुलाई मिनिमाइज गर्ने र समाप्त पार्ने च्यानलको लागि एउटा कोअप्रेशन हो । दोस्रो यसको उत्पन्न हुने कारण के हो रु रुट कज केको हो । एकैनासको त छैन । त्यो रुटकजहरुलाई पत्ता लगाएर बेलैमा समस्या समाधान गर्नुपर्छ । अर्को त्यसका रिसोर्सहरुको च्यानललाई रोक्नुपर्छ । ’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE