बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

०८४ पछि बन्ने सरकार एमाले र काँग्रेसकै हो, टालाटुली बटुलेर सरकार बनाउँदैनौँः प्रधानमन्त्री ओली

  • 51
  •  
  •  
  •  
  •  
  •  
  •  
    51
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०८४ पछि पनि नेकपा एमाले र नेपाली काँग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । काठमाडौंमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अरु कुनै पार्टीको नेतृत्वमा सरकार बन्छ की भन्ने नसोच्न आग्रह गरे ।

०८४ को निर्वाचनपछिको सरकार कि एमालेले बनाउने कि काँग्रेसले बनाउने बताए । दुवै पार्टीको बहुमत आउन नसके काँग्रेस र एमाले मिलेरै सरकार बनाउने बताए । टालाटुली बटुली गरेर सरकार बनाउने काममा दुवै पार्टी नलाग्ने उनको दाबी छ ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु ढुक्कले काम गर्न सक्नुहुन्छ । पहिला कतिबेला सरकार जाला, कहिले सरकार जाला, आदि इत्यादिको समस्या हुन्थ्यो । अहिले त्यो समस्या छैन । अहिले सरकार फेरिने भनेको प्रधानमन्त्री मात्रै एउटा फेरिन्छ । अरु मन्त्री फेरिएको भनेको कुरालाई सरकार फेरिएको भनिँदैन ।

मन्त्री त एउटै पार्टीको सरकार भएपनि मन्त्री त फेरिराख्छ । अहिलेको सरकार स्थिर छ । सरकार बनावटको हिसावले दुई वटा सबैभन्दा लामो इतिहास बोकेका ठूला पार्टीहरु मिलेर खास परिस्थितिमा खास उद्देश्यका लागि बनेको हो । तपाईंहरु ढुक्कले काम गर्नुस् । सरकार परिवर्तन हुन्छ, हुन्छ, हुन्छ ।

आज बिहान आएर मात्रै मलाई एक जनाले भन्योः नेपाली काँग्रेसभित्र एकदम ठूलो समस्या हुन भयो, दलको नेता फेर्न १२ जना पुगेको छैन, १२ जना पु¥याएर ढाल्ने भए भनेर सुनाएको थियो । यो कथा कति सुन्नु, कान टट्याइसक्यो । यो कथा हो । यो कथा अर्को संस्करण भएर आइरहन्छ, बोल्ने पात्र फेरिन्छ, तर संशोधन केही हुँदैन । यो सरकार स्थिर सरकार हो । यो अरु अढाई वर्ष बाँकी छ ।

यो सरकार ०८४ को पुससम्म जान्छ । त्यसपछि तपाईंहरु यो नठान्नुस् की कोही अर्को । तपाईंहरुलाई अहिले नै भनिदिन्छ, कि एमालेले बनाउँछ, एमालेले बनाएर भने काँग्रेसले बनाउँछ । काँग्रेसले बनाएन भने एमाले–काँगेसले बनाउँछन् । यो तीन वटा बाहेक अर्को कुनै विकल्प छैन । त्यसपछि पनि त्यही हो । तीन वटा मात्रै विकल्प छन् ।

एमालेलाई पनि लागेको छ, हामी बहुमत ल्याउँछौँ, ल्याउना बल गर्छौंं, काँग्रेसलाई पनि लागेको छ । बहुमत ल्याउन खोज्छ । दुईको नै आएन भने कोही न कोही सँग त मिल्नैपर्छ । अरु केके कोको भेला गरेर सरकार बनाउँछ भन्ने नठान्नुहोला । मलाई लाग्छ काँग्रेसले पनि केके केके भेला गरेर सारा टालाटुली बटुलेर पुतली बनाउने कुरामा हामी छैनौँ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x