रविलाई राखेको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली लगाइयो

काठमाडौं । कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ ।
कारागारमा रहेका बन्दीहरूलाई दिइएको सेवा सुविधाबारे सञ्चारमाध्यममा निरन्तर समाचार आइरहेको प्रति ध्यानाकर्ष भएको जनाउँदै रुपन्देही कारागार प्रशासनले सूचना जारी गरेको हो ।
लामिछानेलाई राखिएको बन्दी कोठाको झ्याल प्लाइउडले छोपिएको भनेर प्रश्न उठेपछि त्यसलाई हटाएर जाली राखिएको कारागारका प्रशासक सुरेश भण्डारीले विज्ञप्ती जारी गरेर जानकारी दिएका छन् ।रास्वपा सभापति लामिछाने पछिल्लो ४ महिनादेखि रुपन्देही कारागारमा थुनामा छन् ।
लामिछानेको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सुरुदेखि नै छुट्टै बन्दीगृहमा राखिएको कारागारले भनेको छ । उक्त कोठामा छुट्टै शौचालयको समेत व्यवस्था गरिएको सूचनामा उल्लेख छ ।
२५० जना बन्दी क्षमताको रुपन्देही कारागारमा हाल ६४० कैदीबन्दी रहेका छन् । क्षमताभन्दा तीन गुणा बन्दी बन्दीहरू भएपनि कार्यालयले भएका स्रोत साधन प्रयोग गरेर कानुन बमोजिमका सेवा सुविधा उपलब्ध गराउँदै आएको प्रशासक भण्डारीद्वारा जारी सूचनामा भनिएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE