अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो
काठमाडौं। सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।
आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो । गाडी र यात्रु रोकिएका थिए ।
दुईवटा डोजर प्रयोग गरी पहिरो पन्छ्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् ।
पहिरोको जोखिम कायमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा बुझेर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE