लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्णः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उनले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको बताए । उनले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरुले काम गरेको बताए । आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको बताए ।
सभापति देउवाले भने, ‘आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको छ । प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी अघि बढ्नुभयो । धैर्यतामा जीवन नै बलिदान गर्नुभयो । यि सम्पूर्ण प्रजातन्त्र सेनानीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँहरुको त्याग, तपस्या र बलिदानकै आधारमा आज नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको छ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE