शुक्रबार, कार्तिक ८, २०८२
Friday, October 24, 2025

दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।

सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

वडाध्यक्ष यादवका अलावा तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी परेको थियो । जाहेरी परेसँगै वडाध्यक्ष यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य जारी रहेको जनाइएको छ ।

अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो । मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आएपछि तोडफोडमा संलग्नहरु भागेका थिए ।असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारमा आर्केस्ट्रा स्थलमा दलित समुदायसँग प्रभाससहितले विवाद गरेका थिए ।

त्यस घटना विरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरुले घर तोडफोड गरेको स्थानीयको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x