सुनको मूल्यमा गिरावट, प्रतितोला ४२०० ले घटेर २ लाख ३५ हजारमा कारोबार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला चार हजार २०० ले सस्तो भएको छ ।
बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको एक तोला सुनको मोल आज चार हजार २०० ले घटेर दुई लाख ३५ हजार कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार एक तोला चाँदी तीन हजार २५ मा खरिदबिक्री भएकोमा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE