तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका आन्तरिक पर्यटकको उद्धार
काठमाडौं । मनाङ ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । शनिबार बिहान सशस्त्र प्रहरी बलले उनीहरूको उद्धार गरेको हो ।
यसअघि दुई चिनियाँ नागरिक र १३ नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेको खबर आएको थियो । दुई चिनियाँ र ११ नेपाली गरी १३ जना मात्र रहेको फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि शुक्रबार त्यसतर्फ गएको थियो ।
चिनियाँ नागरिक भने मौसम केही खुलेकोले भ्रमण पूरा गर्ने भन्दै बेसक्याममा नै बसेको जनाइएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE