शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भयो, निर्वाचन हुँदैनः पृथ्वीसुब्बा गुरुङ

  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जेनजीको नाममा भदौ २३ र २४ गते नेपालमा प्रतिक्रान्ति भएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले जेनजीको नाममा वाह्य शक्तिहरुले नेपाललाई कब्जामा लिएको आरोप लगाएका हुन ।

उनले नेपालका तीन वटै संस्थलाई कोल्याप्स पारिएको बताए । निर्वाचित प्रधानमन्त्रीलाई राजिनामा गर्न बाध्य बनाएर संविधान विपरित नयाँ सरकार गठन गरी संसद विघटन गर्न लगाएर व्यवस्थापिका र कार्यपालिकालाई आफ्नो हातमा लिएको र न्यायपालिकालाई जलाएर तहसनहस पारिदिएको बताए । उनले यो प्रतिक्रान्तिलाई सच्याउन एमाले लागेको दाबी गरे ।

निर्वाचनबाट वा विघठित संसद पुनःस्थापना गरेर भएपनि एमालेले प्रतिक्रान्ति सच्याउने उनको भनाई छ । यद्यपि यो सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने उनको दाबी छ । उनले प्रतिक्रान्ति भएका मुलुकमा बनेका सरकारले घोषणा गरेको मितिमा चुनाव हुन नसकेको धेरै उदाहरणहरु रहेको बताए ।

विदेशी शक्तिले चाहेको पात्र नभेटेसम्म निर्वाचन नहुने उहाँले ठोकुवा गरे । हालसम्म वाह्यशक्तिले नेपालमा आफूले चाहेको जस्तो पात्र नभेटेको उनको दाबी छ । उनीहरुले खडा गरेका पात्रले निर्वाचन जित्ने अवस्था नभएसम्म निर्वाचन सार्न उनीहरुले अनेक प्रयत्न गर्ने उहाँले बताए । निर्वाचन नगर्नको लागी नै नेकपा एमालेका नेताहरुलाई स्थानहद तोक्ने काम भएको उनको भनाई छ ।

उनले भने, ‘भदौ २३ र २४ गतेको काण्ड प्रतिगमन भो यो मुलुकमा, प्रतिक्रान्ती भयो यो मुलुकमा । जनताले ७५ वर्ष लगाएर संघर्ष गरेर बनाएको संविधान च्यातियो, च्यात्ने काम गरियो । त्यसालई कोमामा पु¥याईयो । हाम्रो राज्यको सबै अंगलाई उनीहरुले वाह्य शक्ति आफ्नो हस्तक्षेपमा लिए । त्यसकारण यो प्रतिक्रान्ति भयो ।

यो प्रतिक्रान्तिलाई सच्याउने माध्यम चाहीँ उनीहरुले रचेको चुनावमार्फत हुन्छ की त्यही विघठित प्रतिनिधि सभालाई पुनःस्थापना गरेर हुन्छ, भन्दा नेकपा एमालेले भन्यो, सुल्टो बाटो, प्रतिक्रान्तिलाई सच्याउने भनेको अवैधानिक सरकारबाट नाटक मञ्चन गरिएको चुनावबाट हुन्न, यो चुनाव चाहीँ हामीले धेरै ठाउँमा देख्या छौँ, यस्तो क्रान्तिपछि बनेको सरकारले चुनावको नाटक गरेर चुनाव हुन नसकेका ठाउँहरु धेरै छन् ।

चुनाव त्यो बेलासम्म हुन्न, जुनबेलासम्म उनीहरुले भनेको जस्तो पार्टीहरु जितेर आउन सक्दैन, व्यक्तिहरु चुनाव जितेर आउन सक्दैन । यस्तो पात्र पाएको छैनन्, उनीहरुले यहाँ । त्यसकारण विद्यमान जो लोकप्रिय पार्टीहरु छन्, एमालेलाई कही पनि जान नदिने, एमालेका नेताहरुलाई स्थानहद तोक्ने, यो काम चाहीँ चुनाव गराउने मनशायबाट भएको छ रु चुनाव गराउने मनसायबाट होईन । उनीहरु त टाईम वाई गर्न चाहन्छ । टाईमवाई गरेरचाँही फेरि उनीहरुले भनेजस्तो एमालेका नेताहरुलाई कुनै न कुनै मुद्दा लगाउने, प्रचारप्रसार गर्न नदिने परिस्थिति निर्माण भयो भने चुनाव गर्छ उनीहरुले ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x