शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

जाँचबुझ आयोगले रमेश लेखकलाई पत्रमार्फत बयानमा बोलायो

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ । तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि आयोगले मंगलबार पत्र काटेको जनाइएको छ ।

पत्रमा लेखकलाई ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ । लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि बोलाउने तयारी गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको सरकारले कार्की नेतृत्वमा ३ सदस्यीय आयोग बनाएको थियो । यसैबीच लेखकले आयोगले काटेको पत्र आफुले अझै प्राप्त गरिनसकेको बताउदै उनले पत्र प्राप्त गरेपछि त्यसबारे निर्णय लिने बताएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x