रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिने
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गरेका छन्। बिहीवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता लेखकले आयोगमा उपस्थित भएर बयान दिने बताएका हनु। भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको बताए ।
उनले भने, ‘भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु । म आयोगमा जान्छु । उहाँहरुले भोलिलाई भनेर बोलाउनुभएको रहेछ, मैले सोमवार आउँछु भनेको छु । १४ गते सोमवार जान्छु ।’
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको थियो । आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE