शनिबार, पुस १२, २०८२
Saturday, December 27, 2025

जनता समाजवादी पार्टी नेपालको विरोधसभा आजदेखि

जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।

संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाका कार्यक्रम अन्तर्गत आज विराटनगरमा पार्टीले विरोध सभा गर्न लागेको छ ।
पुस १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगन्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो । विरोध सभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

यसबिच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गरिएको उनको भनाइ छ ।

जसपा नेपालले सङ्घर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारहरूमा विरोध कार्यक्रम र कोण सभा गर्नुका साथै पार्टीले उठाएका माग र मुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानर सहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडी शान्तिपूर्ण धर्ना तथा जिल्ला स्तरीय विरोध सभारजन सभा गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x