आइतवार, पुस १३, २०८२
Sunday, December 28, 2025

भदौ २३ को जेन–जी आन्दोलनको स्मरणमा ‘नदबिने आवाज’ सामुहिक कला प्रदर्शनी

काठमाडौं। गत भदौ २३ गते भएको जेन–जी युवा आन्दोलन र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा सामुहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ आयोजना भएको छ ।
प्रदर्शनी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद भवन अगाडिको सडक पेटीमा आयोजना गरिएको हो । प्रदर्शनीमा आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मृति, सुशासनको माग र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा विभिन्न कलाकृति प्रदर्शित गरेका छन् । गत भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध शुरु भएको जेन–जी युवा आन्दोलनले देशमा ठूलो राजनीतिक परिवर्तन ल्याएको थियो । आन्दोलनका क्रममा दर्जनौँ युवाले ज्यान गुमाएका थिए भने सयौँ घाइते भएका थिए । यो आन्दोलनले तत्कालीन सरकारलाई नै परिवर्तन गर्न बाध्य बनाएको थियो । कलाकारहरूले यो प्रदर्शनीमार्फत युवाहरूको दबिएको आवाजलाई कलाको माध्यमबाट जीवन्त बनाउने प्रयास गरेका छन् ।

प्रदर्शनीमा विभिन्न चित्रकला, मूर्तिकला र अन्य कलाकृति प्रदर्शित छन् । यो कार्यक्रमले आन्दोलनको भावनालाई जीवित राख्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x