सोमवार, पुस १४, २०८२
Monday, December 29, 2025

उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पनि तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । लगातारको हुस्सु, कुहिरो र चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । पश्चिम तराईका कैलाली र कञ्चनपुर जिल्लामा केही दिनदेखि घाम लागेको छैन ।

चिसो बढेपछि धनगढी उपमहानगरपालिका, डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको सहयोगमा बजारका केही चोकमा निःशुल्क दाउरा वितरण गरिएको छ । हुस्सु र कुहिरोका कारण मजदुरहरूलाई काम गर्न समस्या भएको छ ।

अझै केही दिनसम्म हुस्सु र कुहिरो रहने अनुमान गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x